सन्नी लियोनी देखाएर प्रचार भएको ‘पासवर्ड’को व्यवसाय के ?

काठमाडौं भदौ २४ / फिल्म ‘पासवर्ड’ यही शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्म प्रचारमा सन्नी लियोनीको विषयबस्तु अगाडि सारेको छ ।पासवर्ड’मा सन्नी, सन्नीको आइटम रहेको छ भने यसैलाई निर्माण युनिटले फिल्मको प्रचार माध्यम बनाएको छ ।

अश्लिल फिल्मबाट बलिउड भित्रिएकी सन्नीको आइटम रहेको यो पहिलो नेपाली फिल्म हो । त्यसैले पनि अहिले यसको चर्चा छ । फिल्मको आइटम गीतमा उनले बोल्ड ठुम्का लगाएकी छन् । पछिल्लो समय नेपाली फिल्मको व्यवसाय जम्न सकेको छैन । कुनै पनि नेपाली फिल्मले लगानी उठाउन सकिरहेको छैनन् । सन्नीको कारणले ‘पासवर्ड’ले राम्रो व्यवसाय गर्ने निर्माण युनिटको दाबी छ ।

बुधबार अर्थात २५ भदौमा प्रिमियर हुने र प्रिमियरका लागि सन्नी नेपाल आउने भनेर निर्माण युनिटले प्रचार समेत गरिरहेको छ । तर सन्नी नेपाल आउने नआउने अझै टुङ्गो छैन । अनुपविक्रम शाही, विक्रम जोशी (विक्की), बुद्धि तामाङ, रवीन्द्र झा, प्रविण खतिवडा, धीरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारको फिल्ममा अभिनय देख्न सकिन्छ ।

सम्राट बस्नेतको निर्देशन रहेको ‘पासवर्ड’ नेपालबाट चोरेर लण्डन पुर्याइएको मन्दिरको मूर्ति नेपाल फिर्ता गर्न एक नेपालीले गर्ने संघर्षको कथा निर्माण भएको हो ।लामो समयदेखि यूकेमा बसोबास गर्दै आएका अभिनेता तथा निर्माता विक्रम जोशीले एक्सन, थ्रीलर र सस्पेन्स जनरामा ‘पासवर्ड’ले भरपूर मनोरञ्जन दिने बताउँदै आएका छन् । उन फिल्ममा सन्नी रहनु देशको पनि प्रचार हुने बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्