प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं, २४ भदौं / प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको भिडियो कन्फरेन्सबाट उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल आउन आग्रह गरेका हुन् । ओलीले भारतीय सहयोगबाट पेट्रोलियम पाइपलाइनका अतिरिक्त अन्य आयोजना अघि बढिरहेको भन्दै ती पनि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

जवाफमा भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पाइपलाइन समय अगावै सम्पन्न भएको भन्दै यो खुशीको विषय भएको बताएका छन् । मोदीले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आपूर्तिपछि मूल्य घटाउने नेपाल सरकारको योजना नेपाली जनताको हितमा रहेको पनि उल्लेख गरेका छन् । पछिल्लो डेढ वर्षमा ओली र आफूबीच ४ पटक भेट भएको भन्दै मोदीले यसले दुई देशको सम्बन्ध राजनीतिक तहमा उच्च विन्दुमा पुगेको पनि उल्लेख गरेका छन् ।

दुवै प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत स्वीच दबाएर बहुप्रतीक्षित अन्तरदेशीय पेट्रोलियन पाइपलाइन परियोजनाको उद्घाटन गरेसँगै बाराको अमलेखगञ्जमा तेल झरेको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी) का प्रमुखले बोतलमा तेल थापी नेपाल आयल निगम प्रमुखलाई हस्तान्तरण गरेका थिए । छिट्टै नेपाल भ्रमणमा आउँछु स् मोदी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू छिट्टै नेपालको भ्रमणमा आउने बताएका छन् ।

अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको भिडियो कन्फरेन्सिङमार्फत मंगलबार संयुक्त रुपमा उद्घाटन गर्दै उनले नेपाल भ्रमणमा आउन आफू पनि आतुर रहेकाले समय मिलाएर छिट्टै नेपाल भ्रमणमा आउने बताए । उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणका लागि गरेको निमन्त्रणालाई महत्वपूर्ण लिएको र नेपाल भ्रमणमा आउने आफ्नो पनि इच्छा रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले भने, ‘तपाईले मलाई फेरि एक पटक नेपाल भ्रमणमा आउन निमन्त्रणा दिनु भएको छ । मैले यो कुरालाई निकै महत्वका साथ लिएको छु । नेपाल भ्रमणमा आउने मेरो पनि धेरै इच्छा छ ।’


प्रतिक्रिया दिनुहोस्