मन्त्री बिना मगर अस्पताल भर्ना

काठमाडौं,भदौ २९ / खानेपानी तथा सरसफाइमन्त्री बिना मगर बिरामी भएपछि अस्पताल भर्ना भएकी छिन् ।पिसाबमा इन्फेक्सन भएपछि मगरलाई शुक्रबार अस्पताल भर्ना गरिएको छ । उनलाई ललितपुर भैंसेपाटीस्थित मेडसिटी अस्पतालमा भर्ना गरिएको छ ।

मन्त्री मगरलाई भेट्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बेलुका अस्पताल पुगेका छन् । इलाम र झापामा पार्टीका कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए लगत्तै उनी अस्पताल पुगेका हुन् ।


प्रतिक्रिया दिनुहोस्