सिन्धुलीको सेल्फी डाँडा छेउमा जीप दुर्घटना, ४ को मृत्यु, १० घाइते

४ फागुन, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । १० जना घाइते छन् ।

वीपी राजमार्ग अन्तरगत सेल्फीडाँडा नजिक सडकबाट ५० मिटर तल जीप खसेको हो । घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका डिएसपी विनोद शर्माले घाइतेहरुको उद्दार कार्य जारी रहेको बताए ।

सिन्धुलीमा । सेल्फी डाँडाभन्दा तल बोलेरो झरेको छ ।


प्रतिक्रिया दिनुहोस्