बार्सिलोनालाई युइएफएले कारवाही गर्ने

बार्सिलोना, चैत्र २५ /  रोमासँगको च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो खेलका दौरान अनुशासन भंग भएको भन्दै युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले बार्सिलोनालाई कारवाही गर्ने भएको छ ।

पहिलो खेलमा बार्सिलोनाले रोमालाई ४–१ ले हराएको थियो । सो खेलको १७ औं मिनेटमा बार्सिलोना समर्थकले पहेलो बेलुन उडाएर काटालान राज्यमा जारी राजनीतिक अस्थिरताको बिरोध गरेका थिए । राजनीतिक कारण उल्लेख नगरेपनि खेल दौरान मैदानमा समर्थकहरुले विभिन्न वस्तु फालेको कारण देखाउँदै युइएफएले कारवाही गर्ने जनाएको छ । युइएफएको अनुशासन समितिले ‘मे ३१’ मा कस्तो कारवाही गर्ने निर्णय लिने बताइएको छ ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्