प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै,

काठमाडौं असोज २ / प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसद्का दुवै सदनलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो साढे दुई बजे बस्ने प्रतिनिधी सभाको बैठकलाई र त्यस पछि राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जाकारी दिएका छन् ।

फाईल तस्विर

प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामकारबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने अधिकारीले बताए। यसअघि प्रधानमन्त्रीले गत १ भदौमा प्रतिनिधि सभामा सम्बोधन गरेका थिए। सिंगापुरमा उपचार गराएर फर्किएपछि बुधबारदेखि सार्वजनिक कार्यक्रममा सक्रिय भएका ओलीले आफ्नो उपचारको बारेमा पनि सदनलाई जानकारी गराउने भएका छन्।


प्रतिक्रिया दिनुहोस्