एसिया महादेशमा डेंगुले १ हजारको ज्यान लियो,

काठमाडौं असोज २ / लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग एसिया महादेशका अन्य देशहरुमा पनि आक्रामक रुपमा फैलिएको छ। डेंगुका कारण एसियामा एक वर्षमा एक हजार बढीको मृत्यु भइसकेको र लाखौं मानिस प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ। अधिकारीहरुका अनुसार डेंगुबाट बढी प्रभावित बंगलादेशका सबैजसो अस्पतालमा विरामीको संख्या तीब्र रुपमा वृद्धि भएको छ ।

बंगलादेशमा गत वर्ष पनि डेंगुबाट थुप्रै मानिस प्रभावित भएका थिए। त्यहाँ डेंगुकै कारण ५७ जनाको मृत्यु भएको छ। सीएनएनका अनुसार कम्बोडिया, लाओस, मलेसिया, सिंगापुर, श्रीलंका, थाईल्याण्ड, फिलिपिन्स तथा भियतनाममा गत वर्ष डेंगुबाट थुप्रै मानिसको मृत्यु भएको थियो भने यो वर्ष गत वर्षको भन्दा पनि तीब्ररुपमा डेंगुका विरामी बढेका छन्।

गत वर्ष फिलिपिन्समा ११ सय ७ जनाको मृत्यु भएको थियो। त्यहाँ २ लाख ५० हजार मानिस विरामी परेका थिए। अनुसन्धानकर्ताहरुले जलवायु परिवर्तन, तापक्रम वृद्धिलगायतका कारणले डेंगु फैलाउने लामखुट्टेको वृद्धि भएको अनुमान गरेका छन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस्