पर्यटकहरुको सुरक्षामा प्रहरी थप सक्रिय हुनुपर्ने :सर्वेन्द्र खनाल

समुदाय-प्रहरी साझेदारी अवधारणा अनुसार समुदायसँग पनि समन्वय गरेर पर्यटक प्रहरीले
उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले पर्यटक प्रहरीले पर्यटकलाई सकारात्मक प्रभाव पार्ने गरी आ-आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो ।


सो अवसरमा पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रमुख प्रहरी निरीक्षक अमृत बहादुर
बस्नेतले उक्त इकाईले संचालन गर्दै आएका कार्यहरु र कार्ययोजना लगायतका विषयमा जानकारी
दिनुभयो ।


कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागका प्रहरी नायव
महानिरीक्षक पिताम्बर अधिकारी र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी
नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्