सन्दीपले दिल्लीको ओपनिङ खेलमा मौका पाएनन्

काठमाडौं, २५ चैत / यस वर्षको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली डेर डेभिल्सको पहिलो खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले मौका नपाउने भएका छन् ।

नेपाली समय अनुसार आइतबार साढे ४ बजे सुरु हुने खेलमा दिल्लीले किंग्स इलेभेन पञ्जावको सामना गर्दैछ । दिल्लीले सार्वजनिक गरेको आइतबारको खेलका खेलाडीहरुमा सन्दीप लामिछानेको नाम समावेश छैन । आइतबार दिल्लीको टिममा गौतम गम्भीर, कोलिन मुनरो, रिसव पन्त, श्रेयस ऐर, क्रिस मोरिस, विजय शंकर, ड्यानियल क्रिस्टियन, अमित मिश्रा, राहुल तेवाटिया, ट्रेन्ट बोल्ट र मोहम्मद सामी रहेका छन् ।

आईपीएलमा पहिलो पटक यसवर्ष नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध भएका छन् । त्यसैले दिल्लीको खेल हुँदा सन्दीपले खेल्न पाउने वा नपाउने भन्ने विषय नेपाली क्रिकेटप्रेमीबीच चासो र चर्चामा रहने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्