नेयमारको खेल्ने शैली रोनाल्डो भन्दा मेस्सीको जस्तै : पेले

 

 

पेलेका अनुसार नेयमारको खेल्ने शैली रोनाल्डो भन्दा धेरै मेस्सीको जस्तै छ। नेयमारलाई उनले मेस्सी जस्तै प्लेमकरको रुपमा हेरेका छन्। त्यस्तै लिभरपुलका पूर्व मिडफिल्डर फिलिप कौटिन्होको गोल गर्ने क्षमताले भने उनलाई रोनाल्डोको स्मरण गराउने बताए।

ईएसपिएन ब्राजिललाई उनले भने, ‘नेयमारलाई धेरैले रोनाल्डोसँग तुनाला गर्छन, तर मैले धेरै ठाउँमा भनेको छु, नेयमार मेस्सी जस्ता छन्, जसले गोल गर्नुका साथै अन्य खेलाडीलाई गोल गर्ने अवसर पनि सिर्जना गर्छन। रोनाल्डो उत्कृष्ट गोलकर्ता हुन्, ब्राजिलका कौटिन्हो पनि रोनाल्डो जस्तै खेलाडी हुन्। नेयमार हाल चोटका कारण मैदान बाहिर रहेपनि विश्वकप अघि चोटमुक्त हुने बुझिएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्