प्रहरी मुख्यालय भित्र चार प्रहरीको चक्कु प्रहार गरी हत्या,

काठमाडौं, १७ असोज / फ्रान्सको राजधानी पेरिसस्थित प्रहरी मुख्यालय भित्र एक व्यक्तिले चक्कु प्रहार गरी चार प्रहरीको हत्या गरेका छन् । तीन पुरुष र एक महिला प्रहरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीले उक्त आक्रमणकारीलाई पनि मारेका छन् ।

आक्रमणकारी प्रहरी मुख्यालयकै कर्मचारी रहेको तर उनको नाम भने नखुलाइएको बीबीसीले जनाएको छ । घटनापछि सेन्ट्रल पेरिसस्थित इला डी ला क्षेत्रलाई प्रहरीले घेराबन्दी गरेको छ ।आक्रमणपछि राष्ट्रपति इमानुयल म्याक्रो, प्रधानमन्त्री एडवर्ड फिलिप र गृहमन्त्री क्रिष्टोफर केस्टानेरले घटनास्थलको निरीक्षण गरेका छन् । बीबीसी


प्रतिक्रिया दिनुहोस्