कसरी जन्माइन्छ टेस्टट्युब बेबी ?

काठमाडौं, २५ चैत / २०६८ को जनगणना अनुसार नेपालमा ६६ लाख ६१ हजार २ सय ४८ दम्पती छन् । त्यसमध्ये १५ प्रतिशत अर्थात् ८ लाख दम्पतीमा सन्तान नहुने समस्या छ । निसन्तान केन्द्रका अनुसार यसमा पनि ४० प्रतिशत महिलाका र ४० प्रतिशत पुरुषमा समस्या देखिएको थियो । २० प्रतिशत भने कारण पत्ता नलागेको केन्द्रको भनाइ छ ।

यस्ता दम्पतीका लागि पछिल्लो समय नेपालमा टेस्टट्युब प्रविधि प्रभावकारी बन्दै आइरहेको छ ।

नेपालमा पहिलो पटक १४ वर्ष पहिला ओम हस्पिटलले टेस्टटुयुब बेबीको सुरुवात गरेको थियो ।

हाल निजी अस्पताल र सरकारी अस्पतालमा टेस्टटुयुब बेबी सेवा छ ।

२०७० सालदेखि प्रसूतिगृह थापाथलीमा पनि टेस्टट्युब सेवाको सुरुवात भइसकेको छ ।

निसन्तान विशेषज्ञ डाक्टर शर्मा
नेपालमा महिलाबाट सन्तान नहुनुको मुख्य कारण हर्मनमा कमी देखिएको आईभीएफ विशेषज्ञ डाक्टर स्वस्ती शर्माले बताइन् ।

डाक्टर स्वस्तीको अनुसार महिलामा अण्डाको स्टोर कम हुनु, हर्मनमा समस्या हुँदा सन्तान उत्पादनका लागि अण्डा नबन्ने सम्भावना हुन्छ ।

यस्तै डाक्टर शर्माको अनुसार अण्डाबाहिनी नली अर्थात ट्युब ब्लक हुँदा सन्तान हुँदैन ।

शिशु अण्डाबाहिनी नलीमा नै बन्ने भएले ब्लक हुँदा सन्तान उत्पादन हुँदैन ।

महिलामा अण्डा नबन्ने समस्या, टेस्टट्युब ब्लक हुने, पाठेघर टाँसिएको र धेरै पटक गर्भपतन गर्नेमा निसन्तानको समस्या हुन्छ ।

यस्तै पुरुषबाट पनि सन्तान नहुनुको मुख्य कारण हर्मनमा समस्या भएर हो ।

स्वस्थ्य शुक्रकिट नबन्दा सन्तान नहुने समस्या देखिन्छ ।

यस्तै शुक्रकिट स्वस्थ्य छ तर हर्मन उत्पादन गर्ने नलीमा नै समस्या हुँदा अर्थात् शुक्रकिट बनेको छ तर हर्मन बाहिर ननिक्लिनु पुरुषबाट सन्तान नहुने मुख्य ३ कारण हुन ।

‘कतिपय पुरुषको शुक्रकिट पिसाबमा निक्लीने समस्या हुन्छ यस्तो समस्या भएको पुरुषले आफ्नो पिसाब, शुक्रकिटको परीक्षण गराउनुपर्ने हुन्छ’ डा. शर्मा भन्छिन्, ‘हर्मन, शुक्रकिट, अण्डा बनाउने औषधिको प्रयोगबाट गर्ने महिलाको पाठेघर टाँसिएको छ भने खुलाउने, पाठेघरमा मासु पलाएको छ भने निकालेर फाल्ने आदि कार्य निसन्तान दम्पतीको उपचार हो ।’

ट्युबब्लक भएको खण्डमा ४ देखि ५ पटकसम्म गर्भ सफल नभएको खण्डमा टेस्टट्युब बेबी प्रयोग गरिन्छ ।

अनि यसरी जन्माइन्छ टेस्टट्युब बेबी
डा. शर्माको अनुसार ट्यिुब ब्लक भएको महिलाबाट सन्तान उत्पादनका लागि नेपालमा टेस्टट्युब बेबीको विधि प्रयोग गरिँदै आइरहेको छ ।

ट्युब र अण्डाले वीर्य भेट्टाउने काम ल्याबमा गरिन्छ ।

ल्याब गरेको २, ३ दिनपछि महिलाको पाठेघरमा बच्चालाई राखिन्छ ।

हरेक महिना एउटा अण्डा बनेको हुन्छ ट्युबले अण्डालाई आफूतिर तानेर राखेको हुन्छ ।

शारीरक सम्पर्क भएको बेलामा शुक्रकिट पाठेघर हुँदै ट्यिुबमा रहेको अण्डासँग जोडिन्छ ।

बच्चा बनेको ५ देखि ६ दिनसम्म ट्युबले बच्चालाई धकेल्दै पाठेघरसम्म ल्याउने काम गर्छ ।

त्यसपछि सन्तान उत्पादन हुने डा. शर्माले बताइन ।

परीक्षणका लागि जाने कुनै पनि महिला महिनावारी भएको २ दिनमा जाँदा राम्रो हुन्छ ।

महिनावारी भएको २ दिनदेखि हर्मन बन्न सुरु हुनेहँुदा चिकित्सकहरू निसन्तान उपचारका लागि उपयुक्त समय यही ठान्छन् ।

हर्मन र अण्डामा समस्या छ या छैन भन्ने बारेमा रगत परीक्षणपछि थाहा हुन्छ ।

स्वास्थ्य परीक्षण गरेपछि अण्डा बन्ने सम्भावना भए औषधि खुवाइन्छ ।

अण्डा १८ देखि २० मिलिमिटरको भएपछि अण्डा फुट्ने सिरिन्ज लगाइन्छ ।

त्यसपछि श्रीमानको वीर्यबाट सन्तान उत्पादन हुने सम्भावना छ भने श्रीमानसँगै बस्नुपर्ने हुन्छ ।

यदि श्रीमानको वीर्य राम्रो छैन्, शुक्रकिटको कमी छ भने अण्डा फुटाए पछि ३ दिनको  बीचमा श्रीमानको वीर्यको स्याम्पल लिएर तीव्र गतिको शुक्रकिट मात्रै छानेर सिरिन्जमा लिएर महिलाको पाठेघरमा राखिन्छ ।

१५ देखि २० सम्म गर्भरहेको नरहेको बारे जानकारी हुने डाक्टर शर्माले बताइन् ।

यदि वीर्य किन्नु परेको खण्डमा टेस्टट्युब प्रविधिबाट सन्तान जन्माउनका लागि ३ लाख खर्च लाग्ने शर्माले बताइन ।

छैन सरकारको सहयोग
नेपालमा यति धेरै निसन्तानको सङ्ख्या हुँदा पनि सरकारबाट सहयोग नभएको प्रसूतिगृहका निर्देश डाक्टर जागेश्वार गौतमले बताए ।

हालसम्म टेस्टट्युब सेवा सञ्चालनका लागि अनुमति दिए पनि यस्ता दम्पतीका लागि भने छुट्टै सहुलियको व्यवस्था गरिएको छैन ।

सरकारले निसन्तान व्यक्तिका लागि सहुलियको व्यवस्था गर्न सक्दा राम्रो हुने उनी ठान्छन् ।

स्रोत रातोपाटी

 


प्रतिक्रिया दिनुहोस्