तमु ल्होसारको तयारी अन्तिम चरणमा

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, पुस १२ पुस / ताप्लेजुङमा तमु (गुरुङ) समुदायको मौलिक पर्व तमु ल्होसारको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । विविध कार्यक्रमका साथ भव्य रुपमा मनाउनेगरी तमु ल्होसारको तयारी अन्मित चरणमा पुगेको तमु छोँज धीं गुरुङ राष्ट्रिय परिषद् ताप्लेजुङले जानकारी दिएको छ ।

पत्रकार सम्मेलन मार्फत तमु ल्होसारबारे जानकारी गराइँदै ।

परिषद्ले तमु ल्होसार २०७६ मनाउनेबारे शुक्रबार पत्रकार सम्मलेन गरी जानकारी गराएको हो । परिषदले शनिबार आजदेखि बिभिन्न प्रतियोगितात्मक कार्यक्रमका साथ तमु ल्होसार ११ गते सुरु भई १५ गते रहने जानकारी दिएको छ । पुस १५ गते मङ्गलबार चार दिनसम्म हुने कार्यक्रममा बुद्धिचाल, भलिबल, ब्याडमिन्टन, दौड लगायतका खेल गतिविधिसहितका कार्यक्रमहरु हुने परिषद्का जिल्ला अध्यक्ष एमबी लामा तमुले जानकारी दिनु भयो ।

अध्यक्ष तमुले जातीय पहिरनका साथ ¥यालीद्वारा नगर परिक्रमा गर्ने र भीमकाली
गुल्मको प्राङ्गणमा विभिन्न कार्यक्रम हुने जानकारी दिनु भयो ।

खेलकुदसहित साँस्कृतिक कार्यक्रमहरु हुने र कार्यक्रम स्थलमा गुरुङ जातिमा आधारित स्टलहरु समेत राखिने तमु ल्होसार आयोजक समितिका प्रचार संयोजक देवराज गुरुङ ले जानकारी दिनु भयो ।

शनिबारदेखि सुरु हुने ल्होसार मङ्गलबार सम्मान तथा पुरस्कार वितरण लगायतका कार्यक्रम गरी समापन गरिने गुरुङले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्