रोनाल्डिन्होले बनाएको कीर्तिमान मेस्सीले गरे बराबरी

बार्सिलोना, चैत्र २६ / लेगानेससँगको जितमा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले अर्का ब्राजिलियन फुटबलर रोनाल्डिन्होको कीर्तिमान बराबरी गरेका छन्।

लेगानेस विरुद्ध ह्याट्रिक गर्ने क्रममा फ्री किक मार्फत गोल गर्दै मेस्सीले रोनाल्डिन्होको २००६/०७ सिजनको कीर्तिमान बराबरी गरेका हुन्। यो फ्री गोल मेस्सीको सिजनको सातौं र ला लिगाको छैटौं गोल हो। यो गोलसँगै एकै सिजनमा फ्री किक मार्फत सर्वाधिक गोल गर्ने कीर्तिमानमा रोनाल्डिन्होसँगै मेस्सीले आफ्नो नाम पनि राखे।

मेस्सीले बार्सिलोनाका लागि करियरमा ३४ गोल फ्री किक मार्फत गरेका छन् भने अर्जेन्टिनाका लागि उनले ६ गोल फ्री किकबाट गरेका छन्। यसअघि मेस्सीले २०११/१२ र २०१५/१६ को सिजनमा फ्री किक मार्फत सर्वाधिक ४ गोल गरेका थिए। एजेन्सी


प्रतिक्रिया दिनुहोस्