लिम्बू चलचित्र ‘थेत्लङ’ काठमाण्डौं स्थित राष्ट्रिय नाचघर प्रदर्शन हुँदै

काठमाडौं, २५ पुस । सिक्किमका निर्माता तथा गायक मनि ताम्लिङ र बिराज लिम्बूको निर्माण रहेको लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ पुस २६ गते शनिबार काठमाडौस्थित राष्ट्रिय नाचघर जमलमा प्रदर्सन हुने भएको छ ।

देउमान लिम्बु होन्दोकुको लेखन रहेको ‘थेत्लङ’ उपन्यासलाई चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा तयार पारेका हुन् । थेत्लङ सिक्किम युनिभर्सिटीको ग्रेजुएशन लेभलमा अध्यापन भइरहेको े छ । कलाकाहरु बिशाल सेनेहाङ, दिब्या सुब्बा, संगीता सम्बाहाम्फे, सर्मिला यक्सो, मुनाहाङ लिम्बू, सान्ती सुब्बा, हस्त लिबाङ, देउमान केरुङ, मणिराज लिम्बू, येहाङ लिम्बू, लिला तुम्बापो, सञ्जय ताम्लिङ, सनमायाँ लिम्बू, सुकबीर ताम्लिङ लगायतको मुख्य भूमिका रहेको छ ।

चलचित्र ‘थेत्लङ’का गीतमा सागर केरुङ, यादन सेर्मा र दिलिसाङो शब्द त्यसैगरी कुल्बा सुब्बा, राजु आङ्देम्बे, मनि ताम्लिङ र पबिन आङ्देम्बेको संगीत र मनु नेम्बाङ, सिता सिंगक, रामदुखी आङ्देम्बे, गंगा फियाक, यादन सेर्मा, मणि ताम्लिङ, मिजिरा सम्बाहाम्फे र बालकृष्ण वनेमको आवाज रहेको छ ।

सिक्किमका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको उक्त लिम्बु चलचित्रमा नृत्य निर्देशन दिनेश माङ्मु, क्यामेरामा हेमन योञ्जन, सम्पादन किरण केसिको रहेको छ भने निदेर्शन किशोर सुब्बाको रहेको छ । चलचित्र हेर्ने समय दिउँसोको १ बजे रहेको छ ।


प्रतिक्रिया दिनुहोस्