शेर्पा भाषा अनलाईन उद्घोषण प्रतियोगिताको उपाधी सोनाम याङजीलाई

मिङमा शेर्पा पाङकर्मा काठमाडौं २६ पौष / शेर्पा इभेन्टको आयोजनामा रहेको अनलाईन शेर्पा भाषा उद्घोषण प्रतियोगिताको उपाधी सोनाम याङजी शेर्पाले जितेकी छिन । उत्त प्रतियोगितामा ल्हमु शेर्पा दोस्रो र रमेश शेर्पा तेस्रो स्थान भएको हो पासाङ ल्हमु शेर्पा भने पब्लिब च्वाइज अवार्ड प्राप्त गरे ।

शेर्पा ईभेन्ट अर्गनाईजरले शुक्रबार मंगोलिय हार्ट लगाएत विभिन्न संस्कृतिक प्रस्तुतिको साथमा विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पाले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

आयोजकले गत तीन महिना देखि अनलाईन फेसबुक पेज मार्फत प्रतियोगिता सुरु गरिएको थियो । उत्त प्रतियोगितामा नेपाल, सिकिम लगायत विभिन्न देशबाट गरी १८ जना युवाहरुले सहभागिता रहेको थियो । यस प्रतियोगिताका प्रमुख निर्णाय भने शेर्पा रेडियोका प्रबन्द निर्देशक नुरु छेपाल शेर्पाले गर्नु भएको थियो ।


शेर्पा इभेन्ट अर्गनाईजरले शेर्पा समुदायको भाषा, कला, संस्कार, संस्कृतिको संरक्षण गर्न अधुनिक विधिबाट प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक मिङमार तेन्जीङ शेर्पाले जानकारी दिए भयो । यस शेर्पा इभेन्ट भने यसै वर्ष दर्ता भएको र धेरै काम हरु गरिसकेको शेर्पा इभेन्टका अध्यक्ष नुरु शेर्पाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्