लिम्बू पत्रकार संघको महाधिवेशन फागुनमा

इलाम / लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशन आगामी फागुनको पहिलो साता हुने भएको छ । सोमबार मोरङको पथरीमा बसेको संघको पुर्ण बैठकले महाधिवेशन लिम्बुवान भुमिमै सम्पन्न गर्ने निर्णय गरेको हो । मिति र स्थान भने तोकेको छैन ।

महाधिवेशन सप्पन्न गर्न संघका केन्द्रीय अध्यक्ष देवेन्द्र खापुङको अध्यक्षतामा पदाधिकारी, सदस्य र सबै जिल्ला अध्यक्ष सदस्य रहेने गरि मूल आयोजक समिती समेत गठन गरेको छ ।

बैठकले लिम्बू पत्रकार संघको केन्द्रीय कोषाध्यक्षमा इलामका क्रियाशील पत्रकार राम योङहाङलाई मनोनित गरेको छ ।

लिम्बू पत्रकार संघ इलामका सहसचिव रहेका योङहाङलाई केन्द्रीय समितिमा मनोनित गर्दै रितm रहेको कोषाध्यक्षमा चयन गरेको हो ।
संघको दोश्रो राष्ट्रिय महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित भुपेन्द्र खुदाङले पदबाट राजिनामा दिएपछि उतm पद रिक्त रहेको थियो । रिक्त स्थानमा योङ्हाङलाई मनोनीत गरिएको संघका महासचिव मिलन लिम्बूद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

योङहाङ नेपाल आदिवासी जनजाति पत्रकार महासघ ९फोनिज० इलामका अध्यक्ष र प्रेस नेपालका केन्द्रीय सदस्य समेत छन ।

योङहाङ हाल इलामबाट संचालित नयाँ बुलन्द डटकमका सम्पादकरसंचालक, नयाँ बुलन्द अनलाइन टिभिका संचालक तथा सौर्य राष्ट्रिय दैनिकका जिल्ला संवाददाताका रुपमा कार्यरत छन ।

त्यस्तै बैठकले विष्णु सुब्बा आङ्देम्बे, भुमिका सुब्बा, दिनेश लिङ्खिम, लोकेश लिवाङ र स्वर्णिमहाङ फोम्बोलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्