सन्दीप तिमीलाई पाउँदा हामी खुसी छौं: डेयरडेभिल्सका प्रमुख दुआले

काठमाडौं, ४ फागुन। दिल्ली डेयरडेभिल्सका प्रमुख कार्यकारी हेमन्त दुआले ट्वीटरमार्फत सन्दीप लामिछाने प्रशंसा गरेका छन् । आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु मा नेपाली युवा लेगस्पिनर सन्दिप लामिछाने म्यान अफ द सिरिज चुनिएपछि उनले ट्वीटरमार्फत बधाइ दिएका हुन् । सन्दीपले ६ खेलमा १७ विकेट लिएका थिए ।

हेमन्तले ट्वीटरमा लेखेका छन् ‘प्रिय सन्दिप, आइसीसी डिभिजन २ मा म्यान अफ द सिरिज चुनिएकोमा बधाइ । १७ विकेटको सफलता निकै आश्चर्यजनक हो । म शतप्रतिशत निश्चित छु अझै अगाडि तिम्रा लागि ठूला अवसर र सफलताले पर्खिरहेका छन् । तिमी गौरवशाली नेपाली हौ र तिमीलाई ‘डेयरडेभिल’को रुपमा पाउँदा हामी खुसी छौं ।’

१७ वर्षीय युवा स्पिनर सन्दिप लामिछाने डिभिजन २ प्रतियोगितामा ६ म्याचमा १७ विकेट लिएर प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा पहिलो नम्बरमा परे । ओमानका बिलम खानले समान विकेट लिए पनि राम्रो इकोनोमीका कारण सन्दिप अगाडि छन् ।

केन्याविरुद्धको महत्वपूर्ण खेलमा उनले केवल २० रन दिएर पाँच विकेट लिएपछि पनि दिल्ली डेयरडेभिल्सले प्रशंसा गरेको थियो ।

नामिबियामा बिहिबार सकिएको डिभिजन –२ मा नेपाल उपविजेता बन्दै १ मा चढेको छ भने जिम्बावेमा हुने विश्वकपमा छनौटको खेलमा समेत छनौट भएको छ । लिगमा नेपाल शिर्ष रहँदै प्रवेश गरेको हो ।

डिभिजन टूमा नेपाली युवा बलर सन्दिप लामिछाने ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका हुन् । भने यूएईविरुद्धको शतकसँगै नेपाली कप्तान पारस खड्का २४१ रनसहित प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने ।


प्रतिक्रिया दिनुहोस्