घुन्सा फाउन्डेशनको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न (फोटो फिचर)

काठमाडौँ ११ माघ – काठमाडौंको बौद्ध स्थित वालुङ गुम्बामा शनिबार एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घुन्सा फाउन्डेशनको आयोजना तथा वालुङ उत्थान समाजको सह आयोजनामा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा २०५ जनाले स्वास्थ्य उपचार गरेका छन् । परिक्षणका क्रममा ९ जनाको स्वास्थ्यमा गम्भिर समस्या देखा परेपछि उनीहरुलाई थप उपचारको लागि मनमोहन अस्पतालमा रेफर गरिएको फउण्डेसनकी अध्यक्ष याङ्जोम शेर्पाले जानकारी दिएकी छिन् ।

चिसो मौसम छल्न ताप्लेजुङको हिमाली गाउँहरू घुन्सा, फÞले, ग्याब्ला, आम्जीलेसा, लेलेप, लुङथुङ, ओलाङचुङगोला, याङमा, याम्फुदिन, तोक्पेगोला लगायतका स्थानीयहरु काठमाण्डौं आएको अवसर पारेर शिविर आयोजना गरिएको फउण्डेसनकी अध्यक्ष याङ्जोम शेर्पाले बताउनुभयो् । बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.रबी बरालाको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले स्थास्थ्य परिक्षण तथा उपचार गरेको साथैे निःशुल्क चेकजांच, उपचार पश्चात निशुल्क औषधि बितरण गरिएको अध्यक्ष शेर्पाले बताइन् । कार्यक्रममा स्वास्थ्य परिक्षणसंगै न्यानो टोपी पनि बितरण गरिएको थियो ।

मंसिरबाट फागुनसम्म हिउँ पर्ने र अत्याधिक चिसो हुने भएकाले यी गाउँका ९० प्रतिशत स्थानीय चिसो छल्न काठमाडौ लगायतका स्थान जाने गर्छन् । यी गाउँबाट सदरमुकाम फुङलिङ आउन २ दिन भन्दा बढी लाग्छ । अस्पताल टाढा भएकाले स्वास्थ्य सम्बन्धि चेतनाको छैन । ‘सडकसमेत नपुगेको गाउँमा चिकित्सक पु¥याउन कठिन भएकाले काठमाडौ आएको मौका पारी शिविरको आयोजना गरेका हौं,’ शेर्पाले भनिन् ।


जिल्लावासीका लागि काठमाडौमा गरिएको यो शिविर पहिलो रहेको ताप्लेजुङ समाज नेपालका महासचिव अग्नि पौडेलले बताउनुभयो । घुन्सा फाउण्डेनसनले जिल्लाका दुर्गम हिमाली गाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा काम गरिरहेको छ ।

दाताबाट सहयोग संकलन गरेर कञ्चनजंघा हिमालको प्रवेशद्धार घुन्सामा स्वास्थ्य भवन समेत निर्माण गरेको छ । स्वास्थ्य शिविरमा फक्ताङलुङ गा.पा. अध्यक्ष सरोज एभेङ लिम्बु लगायत बिशिष्ट व्यातित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्