पाँचथर गोल्डकप: मोरङलाई हराउँदै इलाम सेमिफाइनलमा प्रवेश

पाँचथर, २६  चैत्र / सदरमुकाम फिदिममा भैरहेको दोस्रो वाइवाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लबलाई पराजित गर्दै रेडहर्ष क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ। फिदिम माविको खेल मैदानमा आज सम्पन्न खेलमा मोरङलाई २(१ गोल अन्तरले पराजित गर्दै इलाम सेमिफाइनल पुगेको हो। इलामका लागि खेलको १६ औँ मिनेटमा मनिष थापा र ८४ औँ मिनेटमा सुवास राईले गोल गरे । मोरङका लागि वीरेन्द्र लिम्बूले पहिलो हाफको १८ औँ मिनेटमा गोल गरे पनि त्यो जीतका लागि पर्याप्त भएन।

फाइल तस्बिर ।

मोरङका क्याप्टेन विक्रम लिम्बूले ३४ औँ मिनेटमा विपक्षी खेलाडीलाई फल गरेर रातो कार्ड पाएपछि मैदान बाहिरिएका थिए। ‘म्यान अफ द म्याच’ मोरङका गोलकिपर छिरिङ तामाङ घोषित हुँदै रु पाँच हजार प्राप्त गरे। मंगलबार जावलाखेल युथ क्लब ललितपुर र सुनसरी–११ बीच खेल हुने आयोजकले जनाएको छ। प्रतियोगिताको फाइनल खेल आगामी वैशाख २ गते हुनेछ।


प्रतिक्रिया दिनुहोस्