नाडा अटोमोबाइल्स एशोसियसनको अध्यक्षमा दाहाल

 

काठमाडौं. २६ चैत/नाडा अटोमोबाइएल्स एशोसियशनअफ नेपालको अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन् । प्रतिस्पर्धी राम कँडेललाई भारी मतान्तरले पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

दाहाल ६ सय ६० मतका साथ विजयी हुँदा कँडेलले ६८ मत मात्रै पाए । सिप्रदी ट्रेडिङ प्रालिका निर्देश रहेका दाहाल यसअघि नाडाको उपाध्यक्ष थिए । नाडाको सदस्यहरुमा दाहाल प्यानलले नै जित हात पारेको छ । नाडाको सदस्यहरुमा सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, कृष्णप्रसाद दुलाल, करणकुमार चौधरी, अभिक ज्योती, विक्रम सिंघानिया, नन्दकिशोर शाही र निलमणि पाठक, प्रकाश कपुरी, सुरज भट्टराई, दीपक अग्रवाल, मिलनबाबु मल्ल र पंकज अग्रवाल चुनिएका छन् ।

नाडा अध्यक्षमा चुनिएपछि दाहालले सबै पक्षलाई समेटेर अटोमोबाइल क्षेत्रलाई थप समुन्नत र व्यवस्थित बनाउने बताए । अटो क्षेत्रलाई हेर्ने धारणामा परिवर्तन ल्याउने गरी काम गर्ने विषय उनले चुनावअघि नै उठाउँदै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्