हिमालयन युनिक इराकद्धारा ल्होसार कार्यक्रम गर्दै

मिङमा शेर्पा पाङकर्मा काठमाडौं १५ फागुन / हाम्रो भाषा धर्म संस्कृति र जातिय पहिचान हाम्रो सान हाम्रो जातिय रिति रिवाज भाषा र धर्मलाई सम्बर्दधन गरि गरौं सम्मान भन्ने मुल नारालाई प्रार्थमिकतामा राखि इराकमा सांस्किृतिक कार्यक्रम गर्ने भएको छ । २१४७ औँ च्या फो च्यिवा ल्हो ग्याल्पो ल्होसारको अबसर पारेर हिमालयन शेर्पा युनिकले दोस्रो पटक चर्चित कलाकार दुर्गेश थापा र तेम्बो लामाको बेजोड प्रस्तुतिको साथमा स्थानिय कलाकारको समेत प्रस्तुति रहने भएको छ ।

बिदेशमा रहे पनि आफ्नो भाषा धर्म संस्कार सांस्कृतिको जगेना गर्नको निम्ति कार्यक्रम गर्न लागेको आयोजक समितिका संयोजकले जानकारी दिए । ल्होसारको अबसरमा हिमालयन शेर्पा युनिकले सांस्कृतिक कार्यक्रमहरु गर्दै आएका छन् २८ फेब्रुवारीमा सम्पुर्ण इराकमा रहन्नु हुने शेर्पा तथा ल्होसार प्रेमी नेपालीमा उपस्थितिका लागी आयोजको तर्फ बाट आग्रह समेत गरेका छन्


प्रतिक्रिया दिनुहोस्