प्रहरी मेरो साथी नाराभित्र क्रुर व्यवहार

काठमाडौं १९ फागुन ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन्। बिहीबार ललितपुरको भैँसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नाबालक बोकेकी हेमा श्रेष्ठलाई लाठी बर्साएको घटनाले सर्वसाधारणलाई यसको जवाफ खोज्न बाध्य पारेको हो।

“नेपाल प्रहरी र नागरिक समुदाय एकअर्काका परिपूरकजस्तै हुन् प्रहरी मेरो साथी’ भन्ने तर व्यवहार शत्रुको जस्तो गर्ने कार्य कदापि राम्रो होइन। प्रहरी पेसाप्रति जिम्मेवार र कानुन कार्यान्वयनमा दृढ भए पुग्छ” यो समाचार आजको गोरखापत्र दैनिकमा छन।


प्रतिक्रिया दिनुहोस्