चौथो अमिलो पानी मोहत्सव सिन्धुपाल्चोक भोताङमा

डोल्मा शेर्पा काठमाडौं फागुन २४ / अमिलो पानी’ प्रबद्धन संगै नेपालमै पहिलो पटक ‘डम्फु’ सांस्कृतिक महोत्सव हुन गईरहेको छ । चौथो ‘अमिलो पानी’ महोत्सव यहि चैत १९ गते (अप्रिल १) भोताङ वडा न.३ मा हुने भएको छ । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका भोताङ स्थित रहेको अमिलो पानीको प्रचार प्रसारका निमित्त मोहोत्सब गर्न लागेको सनिवार काठमाडौमा आयोजित एक पत्रकार सम्मेलनमा साझा भोताङका संयोजक कर्मा लामाले जानकारी दिएका छन् ।


विगत ४ वर्षदेखि ‘अमिलो पानी’ मोहत्सव आयोजना गर्दै आएको र अघिल्लो वर्ष देखिभने पाँचपोखरी थाङपाल गाउँपालिका स्थित रहेको १० वटा माध्यमीक विद्यालयहरु बिच अतिरिक्त खेल प्रतियोगिता र विभिन्न विषयबस्तुहरुमा प्रतिस्पर्धा कार्यक्रमहरु गर्दै आएको छ ।
प्रचिनकाल देखिनै ‘अमिलो पानी’ रहिआएको र यो पानी पिउँदा विशेषगरि ग्यास्टिक, जिउ दुख्ने जस्ता रोगहरु निको हुने विश्वास पनि रहेको छ ।


मोहत्सबमा तामाङ मौलिक डम्फु, ताम्बा, सेलो सहित स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने भएको छ । करिब ५ लाख बजेटमा कार्यक्रम गर्ने भएको संयोजकले जानकारी दिए ।
मोहत्सबमा करिब ३० हजार जना मानिसहरु अटने व्यवस्था गरेको बताएको छ । ‘अमिलो पानी’ मानब शरिरका लागि पिउँन उपयुक्त छ छैन भनेर ३ पटकसम्म ल्याभ टेस्ट गरेको र मानव शरिरकालागि अति उपयुक्त रहेको कारण यसको प्रवद्धनमा पहल गरेको बताए ।
‘अमिलो पानी’ पिउँनको लागि स्थानिय बासिन्दामात्र नभई विभिन्न क्षेत्रका सर्वसाधरणहरु आउने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्