पूर्व सञ्चारमन्त्री बाँस्कोटाले भने सत्य तथ्य छानविर्न होस

काठमाडौं, २८ फागुन / आफ्नो घरमा बम विष्फोट गराइएको घटनाको सत्य तथ्य छानविन हुनुपर्ने पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । निर्माणाधीन घरमा आफू सर्ने तयारी गरिरहेका बेला बम विष्फोट गराइएको बाँस्कोटाले बताएका छन् । भक्तपुरको मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा बम विष्फोट भएको हो । विष्फोटका कारण घरको पर्खाल र रेलिङ भत्किएका छन् । स्थानीय बम विष्फोटले घर भूकम्पले जस्तै हल्लाएको बताएका छन् ।

घटनाबारे बास्कोटाले भने, ‘सम्बन्धित निकायले छानविन गरोस्, सत्यतथ्य बाहिर आओस् ।
साढे तीन तल्ला घरको एक तल्लाको काम सकेर बाँकी काम जारी रहेको उनले बताएका छन् ।निर्माण सकिए लगत्तै बास्कोटा घर सर्ने तयारीमा थिए । मन्त्री भएयता बाँस्कोटा भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको नीजी निवासमा बस्दै आएका छन् ।

बम विष्फोटका कारण उनको छिमेकी कपिलदेव घिमिरेको घरमा समेत क्षति पुगेको छ । बमले घरको चार तला माथिको ढोकामा क्षति पुगेको जनाइएको छ । सिसा पनि फुटेका छन् । घर अगाडि राखिएको बा १९ च ४७८१ नम्बरको भ्यान पनि क्षतिग्रस्त भएको छ ।विष्फोट कसले र किन गरायो भन्ने यकिन नभए पनि प्रहरीले ‘प्रतिबन्धित विप्लव समूह’ ले गराएको हुन सक्ने अुनमान गरेको छ । प्रहरीले प्रेसर कुकर बम विष्फोट गराइएको अनुमान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्