बढ्यो सुनको भाउ

काठमाडौं । हिजो एकैपल्ट तोलामा १५ सय रुपैंयाँ घटेको सुनको भाउ आज फेरि बढेको छ ।नेपाली बजारमा आज शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ७५ हजार पाँच सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।बिहीबार १५ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्