सरकारको राहत कोषमा (फेकोफन ) ताप्लेजुङको ५० हजार सहयोग

काठमाडौं । ताप्लेजुङस्थित सामूदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले सरकारको राहत कोषमा ५० हजार रुपैयाँ जम्मा गरेको छ । हालको विपदमा सहयोग गर्नेगरी फेकोफन जिल्ला महासंघले सङ्घीय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम आइतबार जम्मा गरेको हो ।

कोषको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नम्बर १९६०००००११०१ मा जम्मा हुनेगरी प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलामार्फत रकम पठाइएको फेकोफन ताप्लेजुङले जनाएको छ । प्रजिअ निरौलालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको फेकोफनका जिल्ला अध्यक्ष सुरज ओझाले जानकारी दिए । हालको महामारीमा थोरै भए पनि सहयोग पुग्ने अपेक्षा राखेर कोषमा रकम जम्मा गरेको ओझाले बताए ।


प्रतिक्रिया दिनुहोस्