मेक्सिकोमा शताव्दीकै शक्तिशाली भूकम्प

५ फागुन, काठमाडौं । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको ओसाका क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

एक शताव्दीयताकै शक्तिशाली भूकम्प गएको अधिकारीहरुले बताएका छन् । भूकम्पको धक्का २२५ माइल टाढासम्म महसुस गरिएको थियो । करिब २ मिनेटसम्म हल्लाइरहेको स्थानीयले बताएका छन् ।

ओसाकाका केही भवनहरु भत्किएका छन् । हजारौं मानिसहरु घर बाहिर निस्किएका छन् । भूकम्पबाट भएको मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

गत १९ सेप्टेम्बरमा पनि यही क्षेत्रमा भूकम्प जाँदा ३ सय जनाको मृत्यु भएको थियो । त्यो घटना सेलाउन नपाउँदै अर्को विपद आइलागेको न्यूयोर्क टाइम्सले समाचार लेखेको छ ।
एजेन्सी


प्रतिक्रिया दिनुहोस्