रोमाको सनसनीपूर्ण जित संगै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

२८ चैत, काठमाडौं / पहिलो लिगमा व्यहोरेको ४- १ को हारलाई बिर्साउँदै इटायिलयन क्लब रोमाले बार्सिलोनामाथि सनसनीपूर्ण जित निकाल्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार राति भएको खेलमा रोमाले बार्सिलोनालाई ३-० गोल अन्तरले हराएको हो । समग्रमा ४-४ गोल भएपनि अवे गोलका आधारमा रोमा सेमिफाइनलमा पुग्यो भने बार्सिलोना बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस्