‘युट्युब ट्रेन्डिङ’ को नम्बर सातमा बीरेन्द्रको ‘जाले रुमाल’ (भिडियो सहित)

काठ्माडौं / प्रेम कथामा सर्मपित भएको गीतको म्युजिक भिडियो “जाले रुमाल” ले सार्वजनिक भएको छोटो समयमै सर्वाधिक चर्चा बटुल्न सफल भएको छ । उदयमान पूर्बेली गायक बीरेन्द्र श्रेष्ठले गायिका मेलिना राइको साथमा गाएको गीत र म्युजिक भिडियो लोकप्रिय भएको हो ।

लोक पप जनरमा गाईएको गीत प्रेमिल भएर पनि सन्देशमुलक छ । प्रेमी–प्रेमिकाले मायाको चिनो स्वरुप रुमाल साटेमा त्यो माया दीर्घकालिन हुन्न भन्ने मान्यता बिपरित गीतले‘ रुमाल जाली भएपनि,माया जाली नभए प्रेममा फरक पर्दैन भन्ने पुष्टी गर्न खोजेको छ । इनाक्सी इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट बुधवार अपरान्ह रिलिज भएको गीत र म्युजिक भिडियोलाई अहिलेसम्म १,२१८,९३० दर्शकले हेरेका छन् भने अहिले यो भिडियो ‘युट्युब ट्रेन्डिङ’ को नम्बर ७ मा रहेको छ।

भीम बिष्टको संगित रहेको गीतमा नायक पल शाह, सरोज अधिकारी, रियाशा दहाल र आष्मा बिश्वकर्माको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियो काठ्मार्डौको पाँचतारे होटेल याक एण्ड यतिमा छायाङ्कन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्