ट्रम्पका आन्तरिक सुरक्षा सल्लाहकारद्वारा राजिनामा

वासिङटन, संयुक्त राज्य अमेरिका/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजिनामा दिनुभएको ह्वाइट हाउसले जनाएको छ ।

 

ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै आएका टम बोसटले मङ्गलबार नै राजिनामाको घोषणा गर्नुभएको हो ।

“राष्ट्रपति ट्रम्प सुरक्षा सल्लाहाकारद्वारा राजिनामापछि पनि अमेरिकी सुरक्षाका लागि गरेको प्रतिवद्धताप्रति आभार व्यक्त गर्नुभएको छ,” ह्वाइट हाउसका प्रेस सेक्रेटरी सारा सेन्डर्सले बताउनुभयो ।

टमको राजिनामा जोन बोल्टनलाई राष्ट्रपतिको चौँथो राष्ट्रिय सुरक्षा सल्लाहाकारका रूपमा जिम्मेवारी सम्हालेपछि आएको हो ।  रासस÷एएफ्पी


प्रतिक्रिया दिनुहोस्