सिरुमारानी नाटकले दर्शकको मन जित्दै

राजाराम पौडेल
कास्की–पोखरा थियटरद्धारा प्रदेश नं। ४ को पहिलो नाटकघरको रुपमा पोखराको ग्रैहापाटनमा स्थापना गरेको गन्धर्व नाटकघरमा नाटक ‘सिरुमारानी’ मञ्चन भइरहेको छ । फागुन २ गते औपचारिक उद्घाटन गरी नाटक मञ्चन सुरु गरिएकोमा बिहीबारबाट भने सर्वसाधारणका लागि नियमित रुपमा नाटक मञ्चन सुरु भएको हो । विगतमा पोखरा उद्योग वाणिज्य संघको हल, पोखरा सभागृह हल लगायतका ठाउँमा नाटक देखाउँदा हल व्यवस्थापन राम्रो नहुँदा निकै सकसपूर्ण ढंगले नाटक हेर्न बाध्य बनेका नाट्यप्रेमीले थिएटरमा बसेर नाटक हेर्न पाउँदा नौलो अनुभुती गरेका छन् ।

निर्धारित समयमा नाटक शुरु हुने र शान्तपूर्वक थिएटर हलमा बसेर रंगकलाकारको अभिनय हेर्न पाउँदा उनीहरु उत्साहित देखिन्थे । १८ वर्षपछि रंगमञ्चमा फर्किएका माओत्से गुरुङको उपस्थितिले सिरुमारानी नाटकलाई परिपक्क बनाएको अनुभूति सबैले गरे । मान्छे पात्रको रुपमा देखिने माओत्से गुरुङको अभिनयले दर्शकको ध्यान खिचिरहन्छ । नाटकको मुख्य पात्रको रुपमा देखिएकी बविता मल्ल ठकुरीले विभिन्न भूमिकामा गरेको उत्कृष्ट अभिनय हेर्दा उनी भर्खरै नाट्य क्षेत्रमा डेब्यु गरेकी कलाकार हुन् भन्दा दर्शकलाई पत्यार लाग्दैन । किनभने मुख्य पात्रको रुपमा उनले नाटकको मुख्य विषयवस्तुलाई बुझाउन निकै मेहनत गरेकी छन् । पोखरेली नाट्य क्षेत्रमा स्थापित बनीसकेका प्रकाश घिमिरेको युवा जोश देखाउदै रोमान्टिक प्रस्तुतिले उनको बुढ्यौलीपनालाई चटक्कै बिर्साइदिन्छ ।

माया, प्रेम, मिलन विछोडको समिश्रण भएको नाटकमा विष्णु गौतमले आफ्नो उमेर भन्दा निकै पाको भुमिका निभाउदै नाट्य क्षेत्रमा कमव्याक गरेका छन् । धनबहादुर गायकको वाजाको धुन अनि नाटकमा प्रयोग गरिएको गीतसंगीतले पोखरेली रगंमञ्चलाई माया गर्नेहरुको नाट्य तृष्णा मेटाउने थप खुराक बन्छन् ।

विभिन्न नाटक मार्फत रंगमञ्चमा देखिसकेका दिल गुरुङ गरिब ढाक्रेको भूमिकामा देखिदा होस् वा महामन्त्रीको रुपमा देखिदा कथालाई न्याय गरेका छन् । सेनापति बनेका रमेशबाबु तिमिल्सिना सँगै रंगमञ्चमा आशा लाग्दो प्रतिभा बनेर उदाउन खोजेका अन्जू दाहाल, लक्ष्मण डुम्रे, बबिता मल्ल, प्रसूना भण्डारी, सीमा गुरुङ, सचिन गिरी, शरद भण्डारी, ध्रुव पौडेल, अविराज बी।सी।, सूर्य सुवेदी, सम्झना सिर्पाली, विश्वराज पौडेल लगायतका कलाकारको अभिनयले स्टेजतर्फ मात्र दर्शकलाई ध्यान केन्द्रित गर्न वाध्य बनाउछ । झण्डै दूईघण्टा लामो नाटकले छिनमा हसाँउछ त छिनमा रुवाउँछ । घरी गम्भीर बनाउँछ । नाटकमा प्रयोग गरिएको लाइट सिस्टम, टिपिकल बाजा, नेपालीपन झल्कने लवज, भेषभुषाले दर्शकलाई आर्कषित गर्छ । नाटक घरमा नाटक हेर्नुको मज्जाले नाटकघरको आबश्यकतालाई प्रष्ट्याउँछ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त्त श्रेष्ठको लेखनको नाटक ‘सिरुमारानी’मा नाटकको निर्देशन सोमनाथ खनालले गरेका छन् भने थियटरका अध्यक्ष परिवर्तनको संयोजन छ । फागुन १५ गतेसम्म हरेक साँझ पौने पाँच बजेबाट मञ्चन हुनेछ । शनिबार र बिदाको दिन दिउँसो १ बजेबाट अ


प्रतिक्रिया दिनुहोस्