बार्सिलोना हारेपनि ‘मेस्सी-इनियस्टा’ को कीर्तिमान

रोम / एएस रोमासँग पहिलो लेगमा बनाएको ४–१ को सहज अग्रताका वावजुद मंगलबार राती दोस्रो लेगमा ३–० को पराजत भएपछि बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । समग्रमा ४–४ को बराबरी भएपछि अवे गोलका आधारमा इटालियन क्लब रोमा सेमिफाइनल पुगेको थियो । टोली अन्तिम अन्तिम आठ बाहिर बाट पनि बार्सिलोनाको मिडफिल्ड फरवार्डको जोडीले च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान बनाएका छन् । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र स्पेनिस मिडफिल्डर आन्द्रे इनियस्टाले च्याम्पियन्स लिगमा १ सय खेल सँगै खेल्ने कीर्तिमान बनाएका छन् ।

कुनै पनि खेलाडीको जोडीले च्याम्पियन्स लिगमा सँगै सय खेल सँगै खेलको यो पहिलो पटक हो । यसअघि बार्सिलोनाकै कार्लो पुयोल र जाभी हर्नान्डेजले च्याम्पियन्स लिगमा ९६ खेल सँगै खेलेका थिए । मेस्सी र इनियस्टा बीचको यो कोशेढुंगा आफैमा विशेष हुनेछ । इनियस्टाले त्यो च्याम्पियन्स लिगको अन्तिम खेल हुन सक्ने बताएका छन् । उनी अर्को सिजन चीनको क्लबमा आबद्ध हुने सम्भावना रहेको बताइएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्