ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउँछौँ : नेता भट्टराई

 ताप्लेजुङ/ नेकपा (एमाले)का सचिव योगेश भट्टराईले ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तिनजुरे-गुफा-पदयात्रा महोत्सवको आज चैनपुर नगरपालिका संखुवासभा जिल्लामा सम्बोधन गर्दै नेता भट्टराईले भन्नुभयो, “ताप्लेजुङ क्षेत्र र त्यसको आसपासमा रहेका जिल्ला तेह्रथुम र संखुवासभा क्षेत्रभित्र रहेका ३०० भन्दा बढी पोखरीको संरक्षण गर्ने पहिलो योजना छ ।” सचिव भट्टराईले पाथिभरा क्षेत्रमा जाने पर्यटक तेह्रथुम र संखुवासभा नभई अन्य स्थानबाट जाने हुँदा ताप्लेजुङ जिल्लाको विकास हुन नसकेको बताउनुभयो ।

पदयात्रीलाई स्वागत गर्दै चैनपुर क्षेत्रका पर्यटन व्यवसायी हरि खनालले सर्वप्रथम माथिल्लो तहबाटै त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा घोषणा गर्न आग्रह गर्नुभयो ।  रासस


प्रतिक्रिया दिनुहोस्