ताप्लेजुङ समाज नेपालको आयोजनामा चासोक तङनाम कार्यक्रम सम्पन्न (फोटो फिचर)

काठमाडौं । ताप्लेजुङ समाज नेपालले आयोजना गरेको चासोक तङनाम कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम शनिबार काठमाडौँको धुम्बाराही स्थित एस।आर। पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

ताप्लेजुङमा बसोवास गर्ने विभिन्न जाति विशेष भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज तथा मौलिक चाडपर्वहरूलाई अनन्तकालसम्म कायम राख्न र प्रर्वद्धन गर्ने उद्देश्य अनुरूप समाजले लिम्बू समुदायमा विशेष रूपले मनाइने उँद्यौली पर्व (चासोक तङनाम- २०७८) मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथी बैरागी काइँला विशिष्ट अतिथी पुर्व मन्त्री योगेश भट्टराई रहेका थिए । कार्यक्रममा साँस्कृतिक झाँकी, धाननाच, बिजुवानाच, च्याब्रुङ नाच, स्यार्‍बो नाच, तामाङ सेलो, साकेला र बालन तथा संगिनी नाचसमेत प्रस्तुत गरिएको हो ।

कमेडी च्याम्पियन सिजन २ भरतमणी पौडेल , सगरमाथा आरोही तथा बिश्व जलबायु परिवर्तन अभियन्ताद्वय बाबू छोरा पुर्ण कुमार शेर्पा र छोरा सोनाम शेर्पा,बिपन्नका लागि स्वास्थ नेपालका अध्यक्ष रत्न थापा, बिश्वब्यापी अनलाइन हाक्पारे प्रतियोगिता बिजेता अमरजङ्ग केदेम ,मिस मङ्गोल फर्स्ट रनरअप प्रीया मादेन लिम्बु पालामका बिजेता सुनिता लाबुङ र शान्तिराम खरेललाई समाजले सम्मान गरेको हो ।

यसैगरी ताप्लेजुङका मौलिक उत्पादन ढाका कपडा, राडी, पाखी, गलैंचा, छुर्पी र अलैंचीका स्टल रहेको थियो । काठमाडौंमा रहेका ताप्लेजुङवासीबीच एकता कायम गर्दै संस्कृति प्रवद्र्धनका लागि सामूहिक रुपमा चासोक मनाएको समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाम्फे जानकारी दिए ।

तङनामको तस्विर:


प्रतिक्रिया दिनुहोस्