६ वर्षदेखि यौन तालिम र ११ वर्षमा विवाह गरिदिने यो समाज

एजेन्सी / यो संसारमा पनि धेरै अचम्मका कुराहरु हुनेर्दछन् । सामान्यतया सबैलाई थाहा भए अनुसार ६–७ वर्षका बालबच्चाहरु भनेको पढ्ने, खेल्ने, रमाइलो गर्ने उमेरका हुन्छन् । ती उमेरका बालबालिका शारीरिक तथा मानसिक पूर्णरुपमा विकास भइसकेको हुँदैन । यस्तो बेलामा आमाबुवाहरुले आफ्ना बालबच्चालाई पढ्न र खेल्नका लागि जोड दिने गछर्न ।

तर, यहाँ पपुवा न्युगीनीको एक आदिवासी जनजाति समुदायमा ६–७ वर्षका बच्चाहरुलाई यौन शिक्षा र सम्बन्धका लागि शिक्षा र अनुमति दिइने गरिन्छ । ट्राबिएन्डर्स नामको यो समुदायमा ६ वर्षमा तालिम दिने र ११ वर्षको उमेर विवाह गरिदिने चलन रहेको छ । शारीरीक सम्बन्धका लागि बच्चाहरुलाई तालिम दिईने गरिएको छ भने जुन बच्चाहरुको बीचमा शारीरीक सम्बन्ध बनेको हुन्छ उनीहरुलाई नै विवाहको सहमति दिईन्छ । आपसी सहमतिमा बच्चाहरुले पार्टनर बदल्न पनि सक्छन् । यसरी सम्बन्ध बनेपछि उनीहरु धमाधम बच्चा जन्माउन थाल्दछन् १२ वर्षपछि नै । २० वर्षको उमेरमा उनीहरु ४–५ जना बच्चाको आमाबाबु बनिसकेका हुन्छन् ।

यसरी हुन्छ बिबाह : विवाह हुनुपूर्व केटी केटाको घरमा गएर एकरात बस्छिन् । र बिहान आफ्नो घर फर्किनुपर्ने हुन्छ । तर त्यसअघि केटीकी आमाले दुवै जोडीका लागि खानेकुराहरु लिएर जान्छिन् र खुवाएपछि छोरी लिएर फिर्ता हुन्छिन् ।विवाहपछि बच्चा जन्मियो भने केटीले बुबाको घर छाड्नै पर्ने हुन्छ । त्यो बेला केटीले चाहेमा अरु नै केटासगँ गएर बस्न सक्छिन् । त्यसैले यो समुदायलाई यस आईल्याण्डमा फ्रि लभ कम्युनिटि समेत भन्ने गरीन्छ । यो समुदायको संख्या करीब १२ हजार रहेको त्यहाँको सरकारले जनाएको छ । उनीहरुको भाषा पनि फरक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्