जापानमा पहिरोले पुरिएर छ बेपत्ता

टोकियो / दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन् ।

                  ओइता प्रान्तमा बुधवार विहान करिव ३:५० वजे गएको पहिरो । तस्विर: द एसोसिएटेड प्रेस

स्थानीय समयानुसार बुधबार बिहान ३.५० मा आएको पहिरोले याबाकैका तीन ओटा घरसमेत बगाएको स्थानीय अधिकारीहरु जनाएका छन् । पहिरोको बाटो आएर पुरिएको ठाउँबाट माटो हटाउन विभिन्न यन्त्रहरु मगाइएको उद्धार कार्यमा खटिएका स्थानीय अधिकारीहरुले बताएका छन् । सुरक्षाकर्मीहरुले पनि उद्धार तथा खोजीका लागि घटनास्थलमा सहयोग गरिरहेको उनीहरुले बताएका छन् । रासस/सिन्ह्वा

 


प्रतिक्रिया दिनुहोस्