नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङको नेतृत्वमा पुन निरौला

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङको १३औं जिल्ला अधिवेशन फुङलिङमा सम्पन्न भएको छ । अधिवेशनले सरदराज निरौलालाई सर्वसम्मत अध्यक्षमा  चयन गरेको छ ।  

यस अगाडि पनि निरौलाले नै संगठनको नेतृत्व गरेका थिए । सम्पन्न जिल्ला अधिवेशनबाट उपाध्यक्ष राम तामाङ र गायत्रा अधिकारी, सचिव मदन कुमार सेन्दाङ, सहसचिव कमला थेवे, कोषाध्यक्ष भीम कुमार केदेम सहकोषाध्यक्ष सकुन्तला सेन्दाङ सर्वसम्मत चयन भएका छन् ।

सदस्यमा इन्द्र प्रसाद गिरी, कमल कुमार पौडेल, क्षितिज कुमार गौतम, सन्तकुमार विक, श्याम भण्डारी, नरेन्द्र प्रसाद रिजाल, पदमकुमार सुब्बा, बल बहादुर भट्टराई, नवीन गुरागाँई चयन भएका छन् । समावेशी महिला सदस्य सरिता लिम्बू, महिला सदस्य कमला नुगो, समावेशी सदस्य कुमान ध्वोज लिम्बू, चयन भएका छन । 

केन्द्रीय प्रतिनिधि महेन्द्र प्रकाश गौतम, चैतन्य प्रसाद खतिवडा, ओम नाथ गौतम, अन्जान थेबे र टंकमाया आङ्बुहाङ चयन भएका हुन  । अधिवेशनको सङ्गठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले उद्घाटन गरेका थिए । अधिवेशनमा सङ्गठनका संस्थापक जिल्ला अध्यक्ष खेमराज खरेल सहित पूर्व जिल्ला अध्यक्ष र संगठनको श्रीवृद्धिका लागि काम गर्ने अगुवाहरूलाई दोसल्ला तथा सम्मानपत्र सहित सम्मान गरिएको थियो । 

यसरी सम्मानित हुनेमा खरेल सहित पूर्व अध्यक्षहरु डिल्लीरमण घिमिरे, भरतकुमार गुरुङ, मातृकाप्रसाद भट्टराई, सिंहबहादुर इवाराम, भीमप्रकाश दाहाल तथा अगुवाहरू उमनाथ प्याकुरेल, तुलसीप्रसाद न्यौपाने र डिल्लीरमण अधिकारी रहेका छन् । 

ताप्लेजुङमा २०३७ साल कात्तिक १३ गते नेपाल राष्ट्रिय शिक्षक संगठनको तदर्थ समिति गठन भएको हो ।


प्रतिक्रिया दिनुहोस्