देउवालाई ओलीको आग्रह : तपाई पनि सूर्यमा भोट हाल्नुस् अरुले नदेख्ने गरी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न आग्रह गरेका छन् ।राजधानीको दरबार बङ्क्वेटमा नेकपा ९एमाले० सम्पर्क समन्वय कमिटिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वृद्ध भत्ताको व्यवस्था एमालेले गरेको उल्लेख गर्दै जेष्ठ नागरिकको हिसाबले देउवाले सूर्यमा भोट हाल्नुपर्ने तर्क गरेका हुन् ।

‘शेरबहादुर देउवा आफै कांग्रेसमा किन छन् भन्दा बुढा भएर पनि । उनलाई ४००० भत्ता के गर्न छँदैछ । त्यसकारण छन् । नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे,’ ओलीले भने, ‘शेरबहादुरजीलाई म भन्न चाहन्छु कमसेकम जेष्ठ नागरिक हो । तपाई पनि सूर्य चिन्हमा भोट हाल्नुस् अरुले नदेख्ने गरी ।’

कांग्रेसले बनाएको चुनावी नीतिमाथि कटाक्ष गर्दै ओलीले जे पायो त्यही बोल्ने बानी कांग्रेसको रहेको दाबी गरे । ‘कांग्रेसको चुनावी नीति के रे भने अघिल्लो सरकारको भण्डाफोर गरेर जान्छौ,’ अध्यक्ष ओलीले भने, ‘उल्ले जे पायो त्यही बोल्छ । जे पायो त्यही बोल्ने कांग्रेसको पुरानो बानी हो, तपाई हामीले सुनेका छौ ६० वर्षभन्दा माथिकालाई कम्युनिस्टले मार्छ भन्थ्यो । अब बुढाबुढीका छेउमा कांग्रेस जाओस् त ।’


प्रतिक्रिया दिनुहोस्