सात महिनामा ६ अर्ब ६० करोड ९१ लाख बढिको फलफूल नेपाल भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ ।

सो अवधिमा रु ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ ।

छिमेकी मुलुक चीनबाट रु तीन अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ ।

नेपाल सरकारले आगामी तीन वर्षमा नेपाललाई फलफूूलमा आत्मानिर्भर बनाउने घोषण आर्थिक वर्ष २०७७र७८ को बजेट पुस्तिकामार्फत घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्