कैदी भाग्ने क्रममा झडप हुँदा ब्राजिलमा २१ जनाको मृत्यु

रियो दि जेनेरियो, ब्राजिल / ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एक जेलबाट कैदीहरू भाग्ने क्रममा सुरक्षाकर्मीसँग मङ्गलबार भएको झडपमा परी कम्तिमा २० जनाको मृत्यु भएको ब्राजिलका अधिकारीले जनाएका छन् । स्थानीय समय अनुसार बेलेमस्थित दिउसो १ बजे शान्ता इजावेल कारागार भवनमा सशस्त्र समूहले कारागारमा हमला गरी केही कैदीलाई भगाउन खोज्दा उक्त घटना भएको सार्वजनिक सुरक्षा अधिकारीले बताए ।

                                      तस्विर स्रोत : द न्युर्योक टाईम्स

मृतकमध्ये १९ जना कैदी रहेका र बाँकी उनीहरूका आफन्त रहेका बताइएको छ । घटनामा कैदीको रेखदेखमा खटिएका चार सुरक्षाकर्मी घाइते भएका छन् । कारागारका प्रमुख अधिकारीका अनुसार छ जना सुरक्षाकर्मीलाई अपहरण गरेपछि कैदीको भगौडा समूहले जेलभित्र दङ्गा मच्चाएका र उनीहरूलाई नियन्त्रण गर्ने क्रममा कारागारको गेटमा विष्पोटक पदार्थले आक्रमण गरेका थिए । तत्काल सुरक्षा गार्डले गरेको प्रतिक्रियाका कारण कैदी भाग्न भने नसकेका बताइएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्