पाँच पार्टीबीच गठबन्धन भएपछि ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाबीच भेटवार्ता भएको छ ।

बिहीबार राति नेपालगन्जमा एमालेका अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता भएको हो । उक्त भेटवार्तामा स्थानीय तहको चुनावमा कसरी तालमेल गर्न सकिन्छ भनेर छलफल भएको बताइएको छ । 

पाँच पार्टीबीच गठबन्धन भएपछि स्थानीय तह चुनावको तालमेल कसरी गर्न सकिन्छ, कसरी जाने, के गर्ने लगायतका विषयमा छलफल भएको स्रोतले बतायो । 


प्रतिक्रिया दिनुहोस्