सिरिजङघा गाउँपालिका अध्यक्षमा इन्जिनियर बीरेन्द्र श्रेष्ठको चर्चा

एलिना दियाली

ताप्लेजुङ / टिका गुरुङले ताप्लेजुङ जिल्लामा रहेका नौ स्थानीय तह मध्ये वर्ष भरि नै उत्कृष्ट काम गरेर चर्चामा रहेको सिरिजंघा गा.पा.को अध्यक्ष को बन्ला सबैको चासो बढेको छ । विशेष गरि शिक्षा र स्वास्थ्यमा उल्लेखनीय काम गर्न सफल रहेको यस पालिकामा कतिपय योजना पुरा भैसके भने अझै कतिपय योजना निर्माणाधीन अवस्थामा छन् ।

स्थानीय जनता माझ लोकप्रिय पालिका अध्यक्ष टिका गुरुङ भने फेरि उम्मेद्वारी नदिने बताउँछन् । जसले गर्दा स्थानीयलाई भने फेरि जनताको हितमा काम गर्ने  व्यक्ति पालिका अध्यक्ष आउला नआउला भन्ने कुराले चिन्ता भएको छ । नेपाली कांग्रेसबाट जितेका गुरुङ जनताको हितमा काम गर्दै सबैका प्रिय भएका छन् भने स्थानीयलाई फेरिपनि उनी नै दोहोरिए निर्माणाधीन काम समयमै पुरा हुने थियो भन्ने विश्वास रहेको छ ।

हालका अध्यक्ष गुरुङ भन्छन्, ‘एक कार्यकालमा धेरै राम्रा काम गर्न सकिन्छ नगर्नेले त जतिपटक कार्यकाल दोहोराए पनि केही गर्न सक्दैन, उनले थपे, ‘फेरि रिपिट हुनु भनेको पदको लालजी मात्रै हो योबाट म मुक्त छु यस अघिबाट नै म फेरि गा।पा।मा नदोहोरिने बताउँदै आएको छु ।

गा.पा.को हाल निर्माणाधीन कञ्चनजङ्घा पदमार्ग, १०० जना को लागि निर्माणाधीन छात्रावास, हाल स्थानीयलाई दिँदै आएको निशुल्क एम्बुलेन्स सेवा र गा.पा. बाहिर लानु परे सो स्थानसम्म निशुल्क स्वास्थ्य स्वयमसेवीकाको सेवा, बहुवर्षीय योजना अन्तर्गत काम चालु अवस्थामा रहेको १० सैयाको आधारभुत अस्पताल, तावा खोलामा मोटरेवल पुल काम भैरहेको कामलाई पुरा गर्ने, शिक्षा क्षेत्रमा दिइएको छात्रवृत्तिलाई निरन्तरता दिने, गा.पा.का प्रत्येक स्वास्थ्य चौकीलाई बर्थिङ सेन्टरको रुपमा विकास गरिएको छ । 

यी कुरालाई निरन्तरता दिने, आफू अध्यक्ष भैसकेपछि गा.पा. भित्र सञ्चालनमा ल्याएको ल्याव, एक्स्रे र फार्मेसी सेवालाई निरन्तरता दिने, स्थानीय जनताको आधारभुत शिक्षा र आधारभुत स्वास्थ्य सेवालाई निशुल्क रुपमा निरन्तर सञ्चालन गर्न सक्ने, चालु अवस्थामा रहेका काम तथा योजनालाई निरन्तरता दिने साथै जनताको समस्या भावनालाई बुझेर काम गर्ने क्षमतावान् व्यक्ति गा.पा. अध्यक्षमा आउनुपर्छ/आइदिए हुन्थ्यो लाग्छ ।’

गा.पा. अध्यक्षमा रिपिट नभएर अन्य नयाँ व्यक्ति लाई नेतृत्व तथा क्षमता विकासको लागि बाटो खुल्ला गर्दै  पार्टीले विश्वास गरेर प्रदेश तथा केन्द्रतर्फ भने जिम्मेवारी दिए सम्हाल्न तयार रहेको समेत गुरुङले बताए । गुरुङको आफू पदको लालजी भएर स्थानीय तहमा नै नदोहोरिने अभिव्यक्ति आईसकेपछि काँग्रेस महाधिवेशन प्रतिनीधि  तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठ, सोहि गा।पा. २ नम्बर वडा अध्यक्ष तथा नेपाली काँग्रेस सिरिजङघा गा.पा. सभापति  लालकृष्ण चौहान र  काँग्रेस क्षेत्र नम्बर एक सभापति लक्ष्मी भट्टराईको चर्चा सुरु भएको छ ।

को हुन बिरेन्द्र श्रेष्ठ ?
ताप्लेजुङको सिरिजङघा गाउँपालिका साविक सिनाम ५ पंचमीमा जन्मिएका श्रेष्ठ पेशागत हिसाबले इन्जिनियर हुन् । निम्न मध्यम वर्गिय परिवारमा जन्मिएका श्रेष्ठले काठमाडौं स्थित अमृत साईन्स क्याम्पसबाट आईएससी गरेका उनले अर्मेनिया ईन्जिनियरिङ्ग विश्व विद्यालयबाट ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन ईन्जिनियरिङ्गमा ग्राजुएट पुरा गरे । 

नेपाल बिद्युत प्राधिकरणबाट आफ्नो व्यवसायिक जीवन सुरु गरेका श्रेष्ठ ईन्द्रावती तेस्रो जलबिधुतको नायब महाप्रबन्धक, सुनकोशी ए हाँडीखोला साना जालबिधुत्को प्रमुख कार्यकारी निर्देशक लगायत जलबिधुत आयोजनाको प्रमुख तथा निर्देशकको भुमिका निभाई सकेका उनि विश्व बैंकको लगानी रहेको काबेली ‘ए’ जलबिधुतको प्रबन्धक रुपमा कार्यरत रहेका थिए । 

संसारकै अधिकतम उर्वर भुमि नेपाल, कृषिमा आत्म निर्भर मात्र हुदा बार्षिक तिन खर्व रुपियाँ बिदेशिने बाट बच्ने साथै खरबौको अनाज र फलफुल निर्यात गर्न सकिने साथै पर्यटन, जडिबुटी र जलबिद्युतको बिकासले नेपालको समुन्नत समृद्धि गर्न सकिने सपना बोकेका ई. बीरेन्द्र आफ्नो उच्च शिक्षा र जागिरे जीवनको द्दट बर्ष पश्चात ताप्लेजुंग फर्किएर कृषि ब्यबसाय साथै ताप्लेजुंगमै स्थायी बसोबास  गर्ने अठोट लिएको बताउछन् भने उनकै निर्देशनमा केहि  जलबिधुत आयोजनाहरु पाइपलाइनमा रहेका छन् । श्रेष्ठ इन्जिनियर सँगै राजनीतिमा पनि सक्रिय रुपमा लागि परिरहेका छन् ।  

गत माघमा सम्पन्न काँग्रेसको १४औ महाधिवेशनमा भारी मतका साथ महाधिवेशन प्रतिनीधिमा विजयी भएका थिए । कुशल व्यवस्थापकिय क्षमताले गर्दा उनको नेतृत्वामा रहेका जलबिधुत योजनाले निर्धारित समय मै सफलातापुर्वक काम सम्पन्न गरेका छन् । उनको यहि कुशल व्यवस्थापकिय क्षमता, देश तथा विदेशको भ्रमण साथै अध्ययनबाट आर्जित ज्ञानलाई स्थानियले देखेर बुझेर नै सिरिजङघा गा.पा. अध्यक्षमा उनको चर्चा भै रहेको हो । 

युवा देखि बृद्धहरु सँग मिल्न सक्ने क्षमता अनि बिकट गाउँ, शहर र विभिन्न मुलुकको भ्रमण बाट हाम्रो हिमाली भूभागको बिकासमा सुक्ष्म अनुभूत गरेका इन्जिनियर बीरेन्द्र श्रेष्ठ एक बौद्धिक, कुशल योजनाकार, हक्की र निसन्देह निश्पक्ष अनि टिका गुरुङ जस्तै लोकप्रिय हुने बताउछन् स्थानीयहरु१ उनी इन्जिनियर र राजनीति सँगै गायनमा पनि उत्तिकै लगाव राख्छन् । 

उनले आधुनिक तथा पप गरि दुई दर्जन बढि गितमा आवाज भरि सकेका छन् भने थुप्रै पुरस्कारहरु पनि प्राप्त गरिसकेका छन् त्येसैगरी बिद्यार्थी राजनीति हुदै १४औ महाधिबेशन बाट क्षेत्रिय सभापतिको पदमा लोकप्रिय मतका साथ निर्वाचित  तेल्लोक निवासी लक्ष्मी प्रसाद भट्टराई उच्च शिक्षा प्राप्त एक हक्की अनि ताप्लेजुंगको एक आस लाग्दो युवा नेता हुन् भने सिरीजंघा २ आम्बेगुदीनका वडाध्य्क्ष लाल कृष्ण चौहान एक कुशल वडाध्य्क्ष मानिन्छन !


प्रतिक्रिया दिनुहोस्