माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक वेपत्ता

ताप्लेजुङ्ग । ताप्लेजुङ्गको मिक्वाखोला गाउँपालिका २ खोक्लिङ्गमा माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक वेपत्ता भएका छन् । वेपत्ता हुनेमा सोहि वडाका तील बहादुर खोक्लिङ्गका २० वर्षिय छोरा पर्वत खोक्लिङ्ग रहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङ्ग जनाएको छ । आईतबार साँझ पर्वत सहित सोही गा.पा. ३ यक्मा का अन्दाजी १८ वर्षीय युनिक लिवाङ्ग र २ नम्बर वडा अन्दाजी १२ वर्षीय गौरब थोप्रासँग माछा मार्न तमोर नदी गएका थिए ।

माछा मार्ने क्रममा पर्वतलाई बगाएपछि उनका साथीले तत्काल आफन्तलाई खबर गरेका थिए । त्यस लगतै आफन्त र प्रहरीको टोलीले खोजी कार्य सुरु गरेपनि हालसम्म उनलाई फेलापार्न सकिएको छैन । स्थानिय र ईलाका प्रहरी कार्यलय देभानको टोलीले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङ्गले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्