नेपालद्वारा पीएनजीलाई ५० रनले हरायो

काठमाडौ । हराउँदै त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । सन्दीपको कप्तानीमा नेपालले जितेको यो पहिलो उपाधि हो । दीपेन्द्रसिंह ऐरीले अविजित ५४ रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । दीपेन्द्रले चार विकेट लिएपछि १६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६.१ ओभरमा सबै विकेट गुमाएर ११७ रनमात्र बनाउन सक्यो ।

मलेसिया र पीएनजी सहभागी शृंखलामा नेपाल अपराजित रहदै उपाधि जित्न सफल भयो । मलेसिया र पीएनजीले एक एक खेले जिते । नेपालले घरेलु मैदानमा दोस्रो पटक उपाधि जित्न सफल भएको हो । यसअघि नेदरल्यान्ड र मलेसिया सम्मिलित ट्वान्टी–१० अन्तर्राष्ट्रिय त्रिदेशीय शृंखला पनि नेपालले जितेको थियो । दीपेन्द्रसिंहले चार ओभरमा १८ रन दिएर चार विकेट लिएपछि पीएनजीका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ्स खेल्न सकेनन् । तेस्रो ओभरमै ओपनर लेगा सिएकालाई गुमाएको पाहुना टोली पीएनजीले पाँचौं ओभरमा कप्तान असद भालालाई गुमाएको थियो । दुबैले समान आठ रन बनाएका थिए । सिएकालाई करण केसीले आदिल आलममार्फत क्याच गरेका थिए भने भालालाई दीपेन्द्रसिंहले एलबीडब्ल्यू आउट गरेका थिए ।

दीपेन्द्रसिंहले लगत्तै टोनी उरालाई पनि पवेलियनको बाटो देखाए । उराले रनको खाता खोल्न सकेनन् । दीपेन्द्रसिंहले चार्लेस एमिनीलाई पनि सोमपाल कामीमार्फत क्याच गरे । एमिनी र सेसे बाउले चौथो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । ३८ बलमा १ चौका र ६ छक्कासहित ५९ रन बनाएका बाउले एक इन्डबाट विकेट सम्हाल्ने प्रयास गरे पनि अर्को इन्डबाट उनले साथ पाएनन् । १५।२ ओभरमा बाउ आउट भएपछि पीएनजीको आशा सकिएको थियो । पीएनजीले १६।१ ओभरमा ११७ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका दीपेन्द्रसिंहबाहेक करण केसीले तीन र सन्दीपले दुई विकेट लिए ।

त्यसअघि मध्यम सुरुआत गरेको नेपाल ११ ओभर सकिँदा ८२.२ को स्थितिमा थियो । त्यसपछि सेमो कामेयाले मेडनसहित तीन विकेट लिएपछि खेलले नयाँ मोड लिएको थियो । कामेयाले १२औं ओभरको पहिलो बलमा आसिफ शेखलाई लेगा सिएकाको हातबाट क्याच गरेका थिए । त्यस्तै तेस्रो बलमा आरिफ शेख कप्तान असद भालामार्फत क्याच गरे । कामेयाले पाँचौं बलमा दीलिप नाथलाई बोल्ड गरेका थिए ।

आसिफले २९ रन बनाए भने आरिफ र दीलिपले रनको खाता खोल्न सकेनन् । त्यसअघि कुशल भुर्तेल २५ र रोहितकुमार पौडेल दुई रन बनाएर पवेलियन फर्किएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । असिफ र दीपेन्द्रसिंहले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । दीपेन्द्रले आदिल आलमसँग पनि छैटौं विकेटका लागि ३२ रनको साझेदारी गरे । आदिल १५ रन बनाएर आउट भएपछि दीपेन्द्र र करणले आक्रमक ब्याटिङ गर्दे नेपालको इनिङ्स उकासेका थिए । दुईले सातौं विकेटका लागि ५४ रनको साझेदारी गरे । दीपेन्द्रसिंहले ३८ बलमा पाँच चौकासहित अविजित ५४ रन बनाए । करणले १२ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३३ रन बनाए । दीपेन्द्रले आजै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका थिए । पीएनजीका कामेयाले तीन विकेट लिए । चार सोपर, कबुवा मोरेया र रिले हेकुरेले एक एक विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्