भैंसी कसरी चराउनुपर्छ मलाई थाहा छ: केपी ओली

काठमाडौ । एमाले पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममालाई सम्बोधन गर्नेक्रममा अध्यक्ष ओलीले केही स्वार्थी मान्छेहरुले आफूलाई मधेसविरोधी हो भन्ने हल्ला चलाएको आरोप लगाए । ‘मधेसमा बाटो बनाउने केपी ओली, एयरपोर्ट बनाउने केपी ओली, वर्षौंदेखि अवरुद्ध रहेको हुलाकी राजमार्ग निर्माण सुरु गर्ने केपी ओली कसरी मधेसविरोधी हुन्छ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘मधेसको पर्सादेखि महोत्तरीसम्मको खेत सिँचाईका लागि सुनकोसी मरिन डाइभर्सन मेरै सरकारको योजना हो, हामी कुरामात्र हैन, काम पनि गर्छौं ।

कार्यक्रममा ओलीले आफू पनि मधेसकै बासिन्दा रहेको दाबी गरेका थिए । ‘म आफै मधेसको मान्छे हो । ६० वर्षदेखि म मधेसको बासिन्दा हो,’ उनले भने, ‘मलाई इनार कसरी खन्नुपर्छ थाहा छ । चापाकल कसरी गाड्नु पर्छ भन्ने थाहा छ । पिठ्युँमा बसेर भैंसी कसरी चराउनुपर्छ भन्ने मलाई थाहा छ । हलो कसरी जोतिन्छ मलाई थाहा छ । म तराईको मान्छे हो ।


प्रतिक्रिया दिनुहोस्