४७ वस्तुको आयात तत्काल नखुल्ने, कुन-कुन ?

काठमाडौं । नेपाल बैकर्स संघले नेपाल राष्ट्र बैंकले नगद मार्जिन तोकेका ४७ समुहका वस्तुको एलसी तत्काललाई नखुल्ने भएको छ । संघको आइतबारको बैठकले नेपाल राष्ट्र बैंकले आयात गर्दा नगद मार्जिन राख्नु पर्ने वस्तुको एलसी नखुलाउने निर्णय गरेको हो ।

तत्काललाई राष्ट्र बैंकको मौखिक निर्देशन बमोजिम नै अत्यावश्यक बाहेकका गाडी, चकलेट, पर्फयुमलगायतका वस्तुहरुको एलसी नखुल्ने अनौपचारिक सहमति गरिएको हो । राष्ट्र बैंकले गत सोमबार बैंकका सीइओलाई बोलाएर गाडी सहितका बिलासिताको वस्तुको एलसी रोक्न मौखिक निर्देशन दिएको थियो ।

बैकर्स संघले नगद मार्जिन तोकेका चिनी, चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गारका सामाग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छा कोठाका सामाग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर तथा गाडी तथा मोटरसाइकलको आयातको एलसी खोल्ने छैन ।


प्रतिक्रिया दिनुहोस्