माटोको ढिस्कोले पुरिएर पाँचथरमा एक जनाको मृत्यु

काठमाडौं । पाँचथरको फिदिम नगरपालिका-१ बुद्धचोकमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । एक बालिका घाइते भएकी छिन् ।

आज बिहान मदन पन्धाकको घरको जग हाल्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर ६९ वर्षीय गोपाल ढुङ्गानाको मृत्यु भएको हो ।

ढुङ्गानालाई पाँचथर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन् । यस्तै, माटो ढिस्कोले पुरिएर मदन सुब्बाकी ११ वर्षीया छोरी क्याट्रिना सुब्बा घाइते भएकी हुन् ।

बालिकाको फिदिममा रहेको समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्