मैवाखोला गाउँपालिकाको अध्यक्ष बाहेक ताप्लेजुङको सबै स्थानीय तहमा टुङगो लगायो एमालेले उम्मेदवार

काठमाडौं ।  नेकपा एमालेले ताप्लेजुङको मैवाखोला गाउँपालिकाको अध्यक्ष बाहेक अरु ८ स्थानीय तहको प्रमुख र उपप्रमुखको नाम सर्वसम्मतबाट टुङ्गो लागेको छ । 

मैवाखोला गाउँपालिकाको अध्यक्षको विषय भने टुंगिन्न बाँकी रहेको स्रोतले जनाएको छ । फुङ्लिङ नगरपालिकाको प्रमुख र उपप्रमुख सहित अन्य ७ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीको विषय टुङ्गिएको स्रोतले जनाएको हो । 

फुङ्लिङ नगरपालिकाको प्रमुखमा वर्तमान नगरप्रमुख छत्रपति प्याकुरेललाई उम्मेदवार बनाउने एमालेले निर्णय लिएको छ । उपप्रमुखमा भिमादेवी ओझा रहेकी छन् । 

आठराई त्रिबेणी गाउँपालिकाको अध्यक्षमा दीपेन्द्र पोमू (दीपेन) र उपाध्यक्षमा शान्ता आङबुहाङ उम्मेदवार बनेका छन् । फक्ताङ्लुङ गाउँपालिकाको अध्यक्षमा सरोज एभेङ र उपाध्यक्षमा शान्ति लिम्बू (पौडेल) उम्मेदवार बनेका छन् ।

यस्तै मिक्वाखोला गाउँपालिकाको अध्यक्षमा दिवस लिवाङ र र उपाध्यक्षमा मीना केदेम उम्मेदवार बनेका छन् । पाथीभरा याङ्वरक गाउँपालिकाको अध्यक्षमा केशरकुमार सुब्बा र उपाध्यक्षमा रनमाया गुरुङ उम्मेदवार बनेका छन् ।

सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा मानबहादुर राई र उपाध्यक्षमा भूमिका गौतम, सिरिजङ्गा गाउँपालिकाको अध्यक्षमा सन्तोष चाम्लिङ र उपाध्यक्षमा तुलसा बस्नेत उम्मेदवार बन्ने बताइएको छ । 

मैवाखोलाको उपाध्यक्षमा कौशिला थत्लुङ एमालेकोतर्फबाट पुनःउम्मेदवार बन्ने भएकी स्रोतले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्