चुनाव लड्न र व्यापार गर्न ८ कक्षा पास गर्नै पर्ने

काठमाडौं,३० चैत / आठ कक्षा पास नगरेकाले चुनाव लड्न र व्यापार गर्न नपाउने कानुन बनाउन  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी गरेको छ ।मन्त्रालयले शिक्षा ऐनमा दशौं संशोधनको तयारी गरेको हो ।

नेपाल कानुन आयोगले शिक्षा अधिकार सम्बन्धी प्रस्तावित विधेयकमा आधारभूत शिक्षा लिएकै हुनुपर्ने कानसन बनाउने तयारी गरेको हो । आठ कक्षा नपढेकाहरुले सरकारी जागिर खान, कुनै फर्म वा संघसंस्था खोल्न, संस्थाको सन्चालक समितिमा रहन वा व्यापार व्यवसाय गर्न नपाइने गरी कानुन निर्माण गर्न पस्ताव गरिएको छ ।

यस्तो व्यवस्था अबको ९ वर्षपछि अर्थात् २०८३ सालबाट लागू गराउन कानुन आयोगले सुझाव दिएको छ ।


प्रतिक्रिया दिनुहोस्